Type Here to Get Search Results !

Class 12 Lesson:2 जीवनोपयोगी शिक्षा, जीवनोपयी सिप र स्वस्थ जीवनशैलबीचको अन्तर सम्बन्ध Complete note With Solution in Both Medium

 

Lesson: 2

जीवनोपयोगी शिक्षा, जीवनोपयी सिप र स्वस्थ जीवनशैलबीचको अन्तर सम्बन्ध

(Interrelationship among Lifeskill Education, Lifeskill and Healthy Lifestyle)

 

मानिसको शारिरीक, मानसिक, तथा सामाजिक स्वास्थ्य सबल बनाउन जीवनोपयोगी शिक्षा र जीवनोपयोगी सिपले महत्त्वपूर्ण भूमिका खेल्दछ।( Lifeskill education and lifeskills play an important role in strengthening the physical, mental and social health of the people.)

 

#. जीवनोपयोगी शिक्षा (Life Skill Education)

जीवनोपयोगी शिक्षा भनेको मानव जीवनलाई सहज ढंगले अघि बढाउनका लागि आवश्यक पर्ने सिपमूलक शिक्षा हो । जीवनोपयोगी सिपहरूको संयोजनबाट जीवनोपयोगी शिक्षा सङ्गठित गरिएको हुन्छ । अर्को शब्दमा भन्दा जीवनोपयोगी सिपहरूको ज्ञान दिने उद्देश्यले तयार पारिएको शिक्षाजीवनोपयोगी शिक्षाहो । जीवनोपयोगी शिक्षा एउटा व्यक्तिको व्यक्तित्व विकासको बलियो आधार हो ।( Lifeskill  is the skill-based education needed to improve human life smoothly. Lifeskilled education is organized through a combination of life skills. In other words, education designed to impart knowledge of vital skills is "Lifeskill education". Lifeskill education is a strong foundation for a person's personality development.)

 

#. जीवनोपयोगी सिप (Life Skill Education)

हाम्रो जीवनमा उपयोगी हुने कुनै पनि सिप जीवनोपयोगी सिप हो। कपडामा आइरन लगाउन, गाडी चलाउन जान्नु, कम्प्युटर चलाउन जान्नु, उपयुक्त शैलीमा बोल्न जान्नु इत्यादि जीवनमा उपयोगी हुने सिपहरू छन् । जीवनोपयोगी सिप समय, परिस्थिति र समाज तथा संस्कृति अनुसार फरक फरक हुन सक्दछ । उदाहरणको लागि ढुङ्गे युगमा सिकार गर्न जान्नु सबैभन्दा महत्त्वपूर्ण जीवनोपयोगी सिप थियो तर कम्प्युटर कसैलाई पनि चलाउन आउँदैन थियो किनकि यसको आविष्कार भएको थिएन । तर आज हरेक व्यक्तिको लागि कम्प्युटर सिप अति आवश्यक भएको छ। यहाँ युनिसेफ, युनेस्को र विश्व स्वास्थ्य सङ्गठनको अनुसार १० वटा प्रमुख जीवनोपयोगी सिपहरू उल्लेख गरिएको छ। जीवनोपयोगी सिप व्यवहारिक केही श्रममा आधारित हुन्छन् । यो एक्काइशौं शताब्दीमा व्यापक सिपको रूपमा पनि व्याख्या गरिँदै आएको सिप हो ।( Any skill that is useful in our life is a life skill. There are skills that are useful in life, such as how to iron clothes, how to drive a car, how to use a computer, how to speak in a suitable style, and so on. Life skills can vary according to time, circumstances and society and culture. In the Stone Age, for example, hunting was the most important skill, but no one could use a computer because it was not invented. But today, computer skills have become very necessary for everyone. Here are 10 key life skills according to UNICEF, UNESCO and the World Health Organization. Life skills are practically based on some labor. It is also being interpreted as a comprehensive SIP in the 21st century.)

जीवनोपयोगी सिपले एउटा व्यक्तिको भित्री क्षमताको विकासगरी दैनिक जीवनमा आउने चुनौती र कठिनाइलाई सहन सक्ने बनाउँदछ । जीवनोपयोगी शिक्षाले ज्ञान, दृष्टिकोण मात्रै नभएर मूल्य मान्यताको सुदृढ गर्दछ । यसले हाम्रो जीवनशैलीमा सकारात्मक सुधार ल्याउन मद्दत गर्दछ । यदि एउटा बालकले जीवनोपयोगी शिक्षा प्राप्त गरेको छ भने उसको जीवनशैली पनि सकारात्मक बन्दै जान्छ ।( Life skills make a person able to withstand the challenges and difficulties of daily life by developing his inner capacity. Lifelong learning strengthens not only knowledge and attitude but also values. It helps us to make positive improvements in our lifestyle. If a child has received a lifelong education, his lifestyle will also become positive.)

 

#. स्वस्थ जीवनशैली (Healthy Lifestyle)

स्वस्थ जीवन नै सुखी जीवनको आधारशिला हो । स्वस्थ जीवनशैली भन्नाले सुन्दर, शान्त र आरोग्यमय जीवन जिउने कलालाई बुझिन्छ । स्वस्थ जीवनशैलीले हामीलाई शारीरिक, मानसिक सामाजिक र संवेगात्मक रूपमा स्वस्थ रहि निरोगी जीवन जिउन उत्प्रेरणा प्रदान गर्दछ । करिब ९% रोगहरू स्वस्थ जीवनशैलीबाट नै ठिक हुने गर्दछन् । तर विज्ञान र प्रविधिको तीव्र विकाससँगै मानिसहरू आज विलासिताको जीवन जिउनुमा लिप्त देखिन्छन् । उनीहरू फलस्वरूप, विभिन्न खाले दीर्घ तथा प्राणघातक रोगहरू जस्तैः मधुमेह, उच्च रक्तचाप, मुटुका रोग तथा मानसिक रोगाहरूको शिकार भइरहेका छन् । अस्वस्थ जीवनशैलीका कारण आज कैंयौको जीवन धरासायी बन्दै गैरहेको छ।( Healthy living is the cornerstone of a happy life. Healthy lifestyle means the art of living a beautiful, peaceful and healthy life. A healthy lifestyle motivates us to live a physically, mentally, socially and emotionally healthy life. About 9% of diseases are cured by a healthy lifestyle. But with the rapid advancement of science and technology, people today seem to be indulging in luxuries. As a result, they suffer from a variety of chronic and life-threatening diseases, such as diabetes, high blood pressure, heart disease, and mental illness. Due to unhealthy lifestyle, people's lives are collapsing today.)

शारीरिक रूग्णता, मानसिक असन्तुलन, सामाजिक विचलन आदि अनुचित जीवनशैलीका उपज हुन् हामी जे खान्छौं, जस्तो सोचाइ राख्छौं, जस्तो व्यवहार गर्दछौ त्यस्तै जीवन जीउन विवस हुन्छौं त्यसैले सुखी अनि समृद्ध जीवनयापनका लागि स्वस्थ जीवनशैली अवलम्बन गर्नु अपरिहार्य ठानिन्छ ( Physical illness, mental imbalance, social deviation, etc. are the products of improper lifestyle. We believe in living life the way we eat, the way we think, the way we behave. Therefore, a healthy lifestyle is essential for a happy and prosperous life.)

 

#. जीवनोपयोगी सिप, जीवनोपयोगी शिक्षा र स्वस्थ जीवनशैली बीचको अन्तर सम्बन्ध

    (Interrelationship among Lifeskill Education, Lifeskill and Healthy Lifestyle)

मानव मात्रै त्यस्तो प्राणी हो जो आफ्नो अतित्व र यो संसारको बारेमा अधिकतम् ज्ञान राख्दछ । हामी सदियौंदेखिका सभ्यताबाट सिकेको तथा अनुभव गरेका कुरालाई अर्को पुस्तासम्म हस्तान्तरण गगर्न सफल भएका छौं । अर्थात् हामीले आफ्नो जीवनमा उपयोग हने महत्वपूर्ण सिपहरू सिक्ने, सिकाउने तथा पस्तान्तरण गवर्ने कार्य गर्दै आएका छौं ।( Human beings are the only beings who have the maximum knowledge about their past and this world. We have succeeded in passing on what we have learned and experienced from centuries of civilization to the next generation. That is, we have been learning, teaching and learning important skills that can be used in our lives.)

जीवनोपयोगी शिक्षाले हामीलाई बाँच्न, समाजमा सामाजिक काम गर्न तथा मानव जातिकै छुट्टै पहिचान कायम गर्न सघाएको छ । यसरी हाम्रा दैनिक समस्या समाधान गर्न सहयोग गर्ने प्रयोगात्मक सिपहरूको व्यवस्थित सिकाइ जीवनोपयोगी शिक्षा हो । जीवनोपयोगवी सिप र जीवनोपयोगी शिक्षाले एउटा मानिसको जीवनलाई स्वस्थ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । स्वस्थ जीवन भनेको सामाजिक, मानसिक तथा शारीरिक तिनै तवरले तन्दुरुस्त हुनु हो । जब एउटा मानिस सिपयुक्त बन्दछ, तब उसले जीवनोपार्जनको लागि अर्थोपार्जन गर्न सक्दछ । आर्थिक उपलब्धि प्राप्त गरेपछि उसको जीवनस्तर पनि माथि उठ्न सक्दछ । अर्थात् शिक्षा, स्वास्थय, मनोरञ्जन लगायतिका सुखी जीवनका आधारभूत आवश्यकता पूरा गर्न सक्दछ । तसर्थ स्वस्थ जीवनशैली हासिल गर्नका लागि जीवनोपयोगी सिप र जीवनोपयोगी शिक्षा जरुरत पर्दछ।( Lifelong learning has helped us to survive, to do social work in the society and to maintain the separate identity of the human race. Thus systematic learning of experimental skills to help solve our daily problems is lifelong learning. Life skills and life skills education play an important role in making a person's life healthy. Healthy living means being socially, mentally and physically fit. When a person becomes skilled, he can earn money for a living. After achieving financial achievement, his standard of living can also rise. That is, education, health, entertainment, etc. can meet the basic needs of a happy life. Therefore, in order to achieve a healthy lifestyle, vital skills and vital education are needed.)

·         जीवनोपयोगी शिक्षा र जीवनोपयोगी सिपले व्यक्तिलाई भविष्यको तयारी गर्न सिप प्रदान गर्दछ । यसले एउटा व्यक्तिलाई आफ्नो भविष्यको अन्योलताबाट मुक्त गर्दछ । (Life skill education and life skills provide a person with skills to prepare for the future. It frees a person from the confusion of his future.)

·         हरेक समाज, परिवेश तथा सामाजिक परिस्थितिमा समायोजित भएर असल चरित्र प्रदर्शन गर्न सक्ने क्षमताको विकास गर्नु जीवनोपयोगी शिक्षाको मूल उद्देश्य हो । यसले व्यक्तिको जीवनशैली समाजको सामाजिक वातावरण सँग मिल्दोजुल्दो बनाउँदछ। (The main role of life skill education is to develop the ability to display good character by adapting to every society, environment and social situation. It makes the lifestyle of the individual compatible with the social environment of the society.)

·        कस्तो खाना खाने, कोसँग कस्तो व्यवहार गर्ने, व्यक्तिगत, पारिवारिक तथा सामाजिक समस्याहरू कसरी समाधान गर्ने भन्ने कुराहरू जीवनोपयोगी शिक्षाको माध्यमबाट सिक्न सकिन्छ । यसले व्यक्तिको शारीरिक तथा सामाजिक स्वास्थ्यलाई मजबुद बनाउँदछ। (What kind of food to eat, how to deal with whom, how to solve personal, family and social problems can be learned through life skill education. It strengthens a person's physical and social health.)

·         मानव जीवनमा आर्थिक मितव्ययिता अति आवश्यक कुरा हो । यदि हामीले आफ्नो खर्च गर्ने तरिकामा संयम हुन सकेनौँ भने हामीसँग जति पैसा भए तापनि कुनै अर्थ रहदैन । आर्थिक शिक्षा जीवनोपयोगी शिक्षाको मार्फत्बाट प्राप्त गर्न सकिन्छ । आर्थिक मितव्ययिताले स्वस्थ जीवनशैली निर्माणमा अहम् भूमिका निर्वाह गर्दछ। (Economic frugality is a very important thing in human life. If we can't control our spending, no matter how much money we have, it doesn't make sense. Economic education can be obtained through life skill education. Economic austerity plays an important role in building a healthy lifestyle.)

·         एक सिपयुक्त व्यक्ति आफ्नो सिपको प्रयोग गर्दै आफ्ना जीवनमा आउने चुनौती सामना  गर्न सक्ने हुन्छ । आर्थिक तथा सामाजिक अवस्था सुदृढ गर्न सक्दछ । यसले व्यक्तिको जीवनस्तर उकास्न सक्दछ ।(A skilled person can use his skills to face the challenges in his life. It can strengthen economic and social conditions. It can raise a person's standard of living.)


धेरै छोये उत्तर दिन प्रश्नहरू

१.      जीवनोपयोगी सिप भनेको के हो ?

उत्तर:

जीवनमा उपयोगी हुने कुनै पनि सिप जीवनोपयोगी सिप हो।( Skill that is useful in our life is a life skill.)

२.      स्वस्थ जीवनशैली भनेको कस्तो जीवनशैली हो ?

     उत्तर:

स्वस्थ जीवनशैली भन्नाले सुन्दर, शान्त र आरोग्यमय जीवन जिउने कलालाई बुझिन्छ ।( Healthy lifestyle means the art of living a beautiful, peaceful and healthy life.)


 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad